Logo

सुनिल दवाडी र अन्नु चौधरीको स्वरमा “मोर सजना” गीत सार्बजनिक (भिडियो सहित)



काठमाडौं, ६ जेठ । गायक सुनिल दवाडी र अन्नु चौधरीको स्वर रहेको नेपाली र थारू भाषाको गित “मोर सजना” सार्बजनिक भएको छ ।

उमेश मुस्कानको शब्द तथा संगित रहेको सो गीत सुनिल दवाडी नामकै अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक भएको हो । सो गीतलाई अमित जोशी इन्डियाले मिक्सिङ, मास्टरिङ गरेका छन् ।

दुई फरक जातिय संस्कृति बिच मौलाएको प्रेम कथामा आधारित भएर तयार पारिएको उक्त म्युजिक भिडियोमा पहाडी समुदायका प्रेमी र थारु समुदायकी प्रेमीका बीच मौलाएको प्रेमकथा पस्किएको छ । गितको भिडियोमा बिकाश चुहान र आलिशा बास्तोलाको शसक्त अभिनय रहेको देख्न सकिन्छ ।

प्रकाश धितालको निर्देशन रहेको सो भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । गितको भिडियोलाई विकास दाहालले सम्पादन तथा रङ संयोजन गरेका छन् ।

इञ्जिनियरिगं पेशामा आवद्ध गायक सुनिलले यसअघि ‘केबल तिमी हौ’, बाह्रै टक्का, याद, तारा झार्दिन्छु, आफ्नै बाटो, लगायतका गीतहरु बजारमा ल्याइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्