युवाहरुमा क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ : अर्थमन्त्री महत


काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा प्रकाशशरण महतले युवाहरुमा क्षमता भएको र देशभित्रै प्रयोग हुनुपर्ने बताएका छन्।

शनिबार सिंहदरबारमा बसेको अर्थ समिति बैठकमा अर्थतन्त्रको अवस्था र सूचकहरूका बारेमा छलफल गर्दै अर्थमन्त्री महतले युवाहरुमा क्षमता भएको र देशभित्रै प्रयोग हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘स्वदेशमा अवसर छैन भने विदेशमा गएर आफ्नो उन्नति गर्ने ढोका बन्द गर्नु हुँदैन। तर हामी नेपालमै अवसरहरु सिर्जना गर्दै लैजाने हो। यो कुरालाई हामीले प्राथमिकतामा राख्नुपर्छ, यसमा दुई मत छैन। युवाहरुको क्षमता छ, देशभित्रै प्रयोग हुनुपर्छ भन्ने मान्यतालाई हामी प्राथमिकतामा राख्छौं।’