Logo

माधव नेपालले ओलीलाई ‘मुर्ख राजा’ भनेपछि…



काठमाडौं, ६ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई मुर्ख राजाको संज्ञा दिएका छन्।

सिन्धुलीमा शनिबार पार्टीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ओलीलाई मुर्ख राजाको संज्ञा दिएका हुन्।

नचाहिने काममा फजुल खर्च गर्ने, गर्नुपर्नेमा नगर्ने, आफूहरुले जे गरे पनि ठिक र त्यसको स्तुति गान गाउनु पर्ने भएकाले एमालेबाट आफूहरुले विद्रोह गरेको बताउँदै उनले मैले जे गरे पनि हुन्छ भन्ने ओली ‘मुर्ख राजा’ भएको कटाक्ष गरे।

ओली अहंकारी र घमण्डी भएकाले आफूहरुले विद्रोह गरेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्