Logo

सरकारलाई ओलीको चुनौतीः ‘म पटक–पटक प्रधानमन्त्री भएँ, भ्रष्टाचार छानविन होस्’



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि पनि छानविन गर्न सरकारलाई चुनौति दिएका छन् । आज बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारमा कसैलाई पनि उन्मुक्ति दिनुपर्छ भन्ने पक्षमा नरहेको बताए ।

‘एमालेको नाम लिन रहर लागेको छ, एमालेलाई गाली गर्न रहर लागेको छ, केपी ओलीलाई गाली गर्न रहर लागेको छ भनेर रहर गर्नुमात्रै, पार लाग्दैन । म चुनौतिका साथ भन्न चाहन्छु, म गृहमन्त्री भएँ, परराष्ट्र मन्त्री भएँ प्रधानमन्त्री भएँ । पटक पटक प्रधानमन्त्री भएँ । छानविन होस्, छानविन गरियोस्, हामी सधैं भ्रष्टाचारको विरुद्धमा छौं, भ्रष्टाचारको छानविन होस् भन्ने पक्षमा छौं । कोही पनि दोषी छुट्न हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्