Logo

कृष्ण कँडेललाई धमलाको प्रश्नः ‘जनताले दिएको पैसा सदुपयोग भएको छ ?’ (अन्तरवार्ता)



काठमाडौं, ७ जेठ । चर्चित कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेल लामो समयदेखि सामाजिक सेवामा संलग्न छन् । उनले गरिबी र विपन्नताका कारण औषधोपचार गर्न नपाएका, विद्यालय शिक्षाबाट बञ्चित भएका लगायतका वर्गहरुलाई सहयोगका कार्यक्रम सञ्चालन गरिरहेका छन् । देशको मौलिकता, भाषा, संस्कृतिको संरक्षण गर्दै मानव सेवामा लाग्न पाएकोमा उनी आफूलाई भाग्यमानी ठान्छन् । उनका गतिविधि र सांस्कृतिक कार्यक्रमका बारेमा प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग गरिएको संवादको सम्पादित अंशः

तपाईँले सुरु गरेको अभियानले जनतालाई के–के फाइदा भएको छ ?

मैले भन्नै पर्दैन तपाईलाई थाहै छ, यो कायक्रमबाट जनतालाई फाइदै फाइदा हो । बेफाइदा भने एउटा चिजपनि हुँदैन भन्ने मेरो मनसायले कार्यक्रम सुरु गरेको हो । सबैभन्दा पहिलो कुरा भनेको देशको मौलिकता हो । संस्कार संस्कृति हो, हाम्रो धर्म हो, हाम्रो देशको सिमाना हो । हाम्रो देशका वीर पुर्खाका वीरता देशका चिनारी हुन् । त्यसकारण मैले भनौं, र्इन्द्रेणी टिमले मौलिकतालाई एउटा आधार बनाएर सेवा, सन्देश र मनोरञ्जन दिइरहेका छौं ।

हामीले गरेको सेवाले जनताले उपलब्धी पाएका छन् ?

मलाई विश्वास छ पाइराख्नु भएको छ । ईन्द्रेणी १५औं वर्षसम्म लगातार अगाडि बढ्दैछ ।

कृष्ण कँडेलले धेरै सहयोग पाउनुभएको छ जनताको तर्फबाट, त्यो सहयोग सदुपयोग भएको छ ?

यो कृष्ण कँडेलले पाएको होइन, यो इन्द्रेणीको अभियानको विश्वासले पाएको हो । कुनै व्यक्तिले पाउने भए यहाँ लाखौं कराडौं हुनुहुन्छ मान्छेहरु, धेरै हाम्रो जस्तै कार्यक्रम चलाउने हुनुहुन्छ । उहाँहरुले पनि निरन्तर हरेक दिन गर्नुहुन्थ्यो होला । तर, निरन्तरताका लागि एउटा जनताका मनमनभित्र पसेर आफूले मलार्इ यति दिनुस् है भनेर कसैसँग नमाग्दापनि तपाई ठीक हुनुहुन्छ, यो कामका लागि भनेर आमाबुवा दाजुभाई दिदिबहिनी संसारभरिकाले विश्वास गर्नुहुन्छ । मलाई एउटा पुलको रुपमा र एउटा विश्वासको आधारमा स्थापित गर्नुभएको छ । मलाइ लाग्छ त्यसबाट जनताहरु लाभान्वित हुनुहुन्छ । नहुनुपर्ने कुनै कारण नै छैन । किनभने हामिले बिगारेर अर्कालाई भत्काउने, अरुलाई नराम्रो गर्ने हाम्रो कुनै सोचपनि छैन, परिकल्पना पनि छैन । यो विचारपनि छैन कुनै त्यस्तो खालको नराम्रो असर पार्ने नकारात्मक क्रियाकलाप छैन ।

जनताले दिएको पैसा दुरुपयोग भएको धेरै उदाहरण छन् । कृष्ण कँडेलले जसरी विश्वव्यापी रुपमा समर्थन जुटाउनु भएको छ । त्यो पैसा सदुपयोग भएको छ, छैन ? छातिमा हात राखेर भन्नुस् ।

छातिमा हात राख्नै परेन नी । मेरो मनलाई थाहा छ भने किन छातिमा हात राख्न प¥यो ? त्यो त फटाहाहरुले राख्ने हो छातिमा हात । मलाई पलपल थाहा छ, मेरो मनलाई थाहा छ, दर्शकलाई थाहा छ,जसले पठाइराख्नु भएको छ, उहाँहरुलाई थाहा छ । जसलाई दिइराखेका छौं उहाँहरुलाई थाहा छ, नत्र कहाँ विश्वास गर्छन् ? म जस्तो त यहाँ कतिजना आउनुभाथ्यो होइन ?

निमुखा,दुःखी, अन्यायमा परेकालाई सहयोग गर्नुपर्छ । धेरै जनताहरु छन्, पैसा नपाएर उपचार गर्न नसकेका मान्छेहरुपनि समाजमा छन् । सहयोग गर्नुभएको छ ?

इन्द्रेणीले एउटा दुःखी अप्ठ्पयारोमा परेका मानिसलाई कृष्ण कँडेल र इन्द्रेणीले मात्रै सम्भव छैन । तरपनि, एउटा संस्कारको आयाम ल्याउदा कृष्ण कँडेलले दुःखी गरिबको झुपडमिा पहिले विश्वास जित्दाजित्दै, महलमापनि जित्न सक्छ । सबैलाई एकबद्ध गराएर देशभक्तिमा लान सक्छ, उत्पादनमा लान सक्छ । मौलिक कला र संस्कृतिलाई साँच्चै हाम्रो प्राण हो, हाम्रा पुर्खाको सम्पति हो, यो नासो हामिले नास्न हुँदैन भन्ने एउटा म्यासेज दिनसक्छ भनेर मैले त्यही यात्रा गर्दै आएको हो ।



प्रतिक्रिया दिनुहोस्