Logo

संघीयता कसैले बक्सिस दिएको हैन : प्रदीप यादव



काठमाडौं, ७ जेठ । जनता समाजवादी पार्टी नेपालका सांसद् प्रदीप यादवले संघीयता कसैले बक्सिस नदिएको बताए।

आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद् यादवले संघीयता कसैले बक्सिस नदिएको बताएका हुन्।

उनले भने, ‘संघीयता कसैको दानबाट कसैले उपहार दिएको छैन। कसैले बक्सिस दिएको हैन। संघीयता मधेशी, थारू, जनजातीलगायतका नेपाली जनताले लडेर ल्याएको संघीयता हो। संघीयता यसरी नै आएको छैन सयौँ मधेसी जनताले शहादत दिएका छन्। हजारौँ घाइते भएका छन् अनि मात्र संघीयता आएको छ।’

संघीयतालाई मजबुत बनाउनुपर्ने बताउँदै उनले प्रदेश सरकारको शासन/प्रशासन आफ्नो बनाउने तागत दिन आग्रह गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot