काठमाडौं, ८ जेठ । अन्य पोषण तत्व झैं शरीरमा भिटामिन ‘डी’ को पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन ‘डी’ को सबैभन्दा ठूलो स्रोत हो। शरीरको प्रत्येक कोषमा भिटामिन ‘डी’ रिसेप्टर हुन्छ।
जब शरीरको कोषमा सूर्यको प्रकाश पर्छ, तब कोलस्टोरको मद्दतद्वारा कोषले भिटामिन ‘डी’ निर्माण गर्छ। भिटामिन ‘डी’ हाड, दाँत र मसल्स स्वस्थ राख्न भिटामिन ‘डी’ चाहिन्छ। तापनि भिटामिन ‘डी’ को परिपूर्ति चौर्तफी वेवास्ता गरिँदै आएको छ।
यसैकारण विश्वभरका १० अर्ब भन्दा बढी जनसङ्ख्या भिटामिन ‘डी’ को कमीको शिकार भएका छन्। सूर्यबाहेका भिटामिन ‘डी’ खानेकुरामा पनि पाइन्छ । जस्तै, माछा र दुधका परिकार भिटामिन ‘डी’ को प्रमुख स्रोत हुन् ।
यी लक्षणहरु देखिए थाहा हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी भएकोः
थकाईः थकान, भिटामिन ‘डी’ कमीको पहिलो लक्षण हो। खाना खाएपछि अनि ७/८ घण्टाको लामो निन्द्रा पश्चात पनि थकान महसुस हुन्छ भने भिटामिन डी कमी भएको हुनसक्छ। शरीरको अस्थिपञ्जरको सहज सञ्चालन गर्न भिटामिन ‘डी’ चाहिन्छ। यसको कमी हुँदा शरीर ज्यादा थाक्छ।
हाड, जोर्नी र कम्मरको दुखाईः भिटामिन ‘डी’ ले शरीरमा क्यालसियम खपत सन्तुलन गर्छ। हाड, मसल्स र दाँतको स्वास्थको लागि क्याल्सियम आवश्यक हुन्छ। यदि ढाड, कम्मर लगातार दुखिरहन्छ भने भिटामिन ‘डी’ कमीले हुनसक्छ।
घाउ ढिलो निको हुनेः चोट पश्चातको घाउ ढिलो निको हुने पनि भिटामिन ‘डी’ को कमीले हुन सक्दछ। भिटामिन ‘डी’ ले जलन नियन्त्रण गर्न र इन्फेक्सन फैलिन नदिने गर्छ। भिटामिन ‘डी’ को कमी भएको व्यक्तिमा घाउ निको पार्ने प्रक्रिया सुस्त हुन्छ।
कपाल झर्छः कपाल झर्ने धेरै कारणहरुमध्येको एक कारण हो, भिटामिन ‘डी’ को कमी। यसले कपालको जरा मजबुत राख्छ। यसको कमी हुँदा कपालको स्वास्थ्य गिर्छ। कपाल झर्छ।
भिटामिन ‘डी’ ले शारीरक मात्र होइन मानसिक स्वास्थ्यमा पनि उत्तिकै प्रभाव पारेको हुन्छ। यसको कमी हुँदा मुड डाउन हुन्छ। यदि डिप्रेस वा मुड डाउन भएको छ भने सूर्यको प्रकाशले ताजगी ल्याउन सक्छ।




प्रतिक्रिया