रातो मच्छिन्द्रनाथ र बुङमतीको रुद्रायाणी मन्दिर तत्काल पुनःनिर्माण गरिओस् : सांसद कार्की


काठमाडौं,८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले ललितपुरको रातो मच्छिन्द्रनाथ मन्दिर र बुङमतीको रुद्रायाणी मन्दिरको तत्काल पुनःनिमार्ण हुने वातावरण बनाउन माग गरेकी छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै कार्कीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको बुँदा ६२ देखि ६९ सम्म सांस्कृतिक संरक्षणको विषय उल्लेख गरिएपनि ऐतिहासिक महत्वका ललितपुरका विभिन्न सम्पदाहरुमा राज्यको ध्यान नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले रातो मच्छिन्द्रनाथ र खोकनाको रुद्रयाणी मन्दिर पुनःनिमार्ण गरी सरकारको हाम्रो सम्पदा राम्रो सम्पदा,पयर्टन गन्तव्य विस्तार तथा पहिचान कार्यक्रमअन्तर्गत रहेर ती सांस्कृतिक महत्वका सम्पदालाई विश्वसम्पदा सूचीमा समाबेस गर्न पहल गर्न सरकारकसँग माग गरिन् ।   file photo