Logo

सांसद् अमरेशकुमारलाई बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको चिन्ता



काठमाडौं, ८ जेठ । सांसद् अमरेशकुमार सिंहले आगामि वर्षको बजेट आउँदै गर्दा बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका छन्।

सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् सिंहले बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका हुन्।

उनले अन्य कर्मचारीहरूको सरुवा हुने तर कम्प्युटर अपरेटरको सरुवा नहुने बताउँदै भने, ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर अपरेटर किन सुरुवा गर्नुहुन्न? जो सरकार आए पनि त्यहीँ कम्प्युटर अपरेटरले कपि पेस्ट गरेर हाल्छ। विगत १० वर्षको बजेट हेर्नुभयो भने थोरै तलमाथि हुन्छ नभए सबै उस्तै हुन्छ। यो गरिने छ त्यो गरिने छ अन्तिममा केही हुँदैन।’



प्रतिक्रिया दिनुहोस्

Screenshot