काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा नक्कली किसानको जालो ठूलो रहेको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पौडेलले नक्कली किसान बनेर अनुदान लिने र दिने दुवैलाई कारबाहीको गरिनुपर्ने माग गरेका छन् । सरकारका नीति तथा कार्यक्रममा अिनुदान सिधै किसानसम्म पुर्याउने नीति अख्तियार गरिनुपर्ने उनको सुझाव छ ।
‘नक्कली किसानले अनुदान पाउने, सक्कलीले नपाउने । कमिसनको ठूलो जालो छ, यसको छानविन हुनुपर्छ । नक्कली किसालाई अनुदान दिने र नक्कली किसान बनेर अनुदान लिने दुवैलाई कारबाही हुनुपर्छ,’– सांसद पौडेलले भने ।




प्रतिक्रिया