प्रधानमन्त्री दाहाल एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल उद्‍घाटन गर्न त्रिपुरेश्वरमा (तस्बिरहरू)


काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको उद्‍घाटन गरेका छन्।

त्रिपुरेश्वरस्थित् राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको प्रतियोगीताको प्रधानमन्त्री दाहालले सोमबार दिउँसो उद्‍घाटन गरेका हुन्।

यो प्रतियोगिता नेपाली टोलीले आफ्नै देशमा खेल्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो।

नेपालले अहिले पहिलो खेलमा साँढे ४ बजे किर्गीस्तानसँग खेल्दैछ।

तस्बिर : मुकुन्द कालिकोटे