Logo

विश्वकप क्रिकेट छनोट- खेल तालिका सार्वजनिक,नेपालको पहिलो खेल जिम्बावेसँग



काठमाडौं, ९ जेठ । यहि वर्षको जुन जुलाइमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोटमा नेपालले पहिलो खेल आयोजक जिम्बावेसँग खेल्ने भएको छ ।

आइसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आगामी ३ असारदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ ।

५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज, ९ असारमा नेदरल्याण्ड्ससँग समूह चरणको खेल खेल्नेछ । समूहको शीर्ष तीनमा रहन सके नेपाल सुपर सिक्समा पुग्नेछ ।

नेपाल टिम जेठ १७ गते दक्षिण अफ्रिका प्रस्थान गर्नेछ भने २७ जेठमा उतैबाट जिम्बावे जानेछ ।

प्रतियोगिताअघि नेपालले कम्तिमा दुई अभ्यास खेलसमेत खेल्नेछ ।

नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका तय भएको छ । file photo 



प्रतिक्रिया दिनुहोस्