नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित


काठमाडौं,९ जेठ । आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित भएको छ ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएपछि बहुमतले पारित भएको हो।

आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गरेका थिए।