काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अवस्था देखेपछि चीनले नै भ्रमणपछि सारौँ भनेको खुलासा गरेका छन्।
मङ्गलबार राष्ट्रियसभामा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे सांसद्ले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशको अवस्था देखेपछि चीनले नै भ्रमणपछि सारौँ भनेको खुलासा गरेका हुन्।
‘यहाँको राष्ट्रपति, उपराष्ट्रपति चुनावको दबाव, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि सरकारको अफ्यारोलाई बुझेर चिनियाँ राजदूतले नै तपाईं बोवाओ फोरममा जान सम्भव देखिराखेका छैनौं हामीले। अलि पछि गरौं कि क्या हो चीन भ्रमण भनेपछि मैले उहाँलाई तपाईंले यहाँको मर्का बुझिदिनुभयो, धन्यवाद भनेको मात्र हो,’ उनले भने।




प्रतिक्रिया