असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं,९ जेठ । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को नियमित बैठकले उक्त निर्णय गरेको हो ।

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो । ०६२-०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

अब भने औपचारिक रुपमा यसै वर्षदेखि लागू हुनेगरि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने भएको हो ।