Logo

सशस्त्र प्रहरी निरीक्षक खड्कालाई सेवाबाटै बर्खास्त गर्न माग गर्दै पीडित तामाङ मिडियामा



काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काले आचरणविपरीतको काम गरेको भन्दै उनलाई विभागीय कारबाही भएको छ । पीडित मानसिंह लामाको उजुरीले उनीमाथि कारबाही भएको हो । सशस्त्र प्रहरी निरीक्षक खड्का र आफ्नी श्रीमतीबीच अवैध सम्बन्ध पुष्टि भएपछि आफूले सशस्त्र प्रहरीको केन्द्रीय कार्यालमा उजुरी दिएको पीडित लामाले बताए । आफ्नो घर व्यवहार विगार्ने सशस्त्र प्रहरी निरीक्षक खड्कालाई सेवाबाटै बरखास्त गर्नुपर्ने उनको माग थियो । तर, सशस्त्र प्रहरीको कार्यालयले भने निज प्रहरी निरीक्षकलाई तीन वर्षको बढुवा रोक्ने गरी विभागीय कारबाही गरेको छ । पीडतले आफूहरुलाई उक्त कारबाही चित्त नबुझेको भन्दै आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सरकारको ध्यानाकार्षण गराएका छन् ।

‘उनीहरुबीचको कुराकानीमा छिटो श्रीमानलाई डिभोर्स देऊ । पैसा यति माग भन्नेजस्ता कुरा पनि सशस्त्रका इन्स्पेक्टरले सिकाएका रहेछन् । उनीहरुबीचको अश्लिल कुराकानी र भिडियो लगायतका कुराहरु पनि मैले फेला पारेको छु । सोही प्रमाणको आधारमा मैले निवेदन दिएको हुँ । २४ वर्षको सम्बन्ध विगारिदिनेलाई प्रहरी सेवाबाटै बर्खास्त गरिनुपर्छ भनेर मैले निवेदन दिएको थिए । हिजो तीन वर्षसम्म बढुवा नहुने गरी विभागीय कारबाही गरियो रे । यो कारबाही हामीलाई चित्त बुझ्दो छैन । प्रहरीजस्ता सेवामा रहेकाले यस्तो अनैतिक काम गर्दा उनलाई सेवाबाटै बर्खास्त गरिनुपर्छ भन्ने मेरो माग हो,’– पीडित तामाङले भने ।

यस विषयमा सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले आरोपित रामचन्द्रलाई तीन वर्ष बढुवा नहुने गरी कारबाही गरिएको पुष्टि गरे । ‘गल्ती गरेपछि कारबाही भोग्नुपर्छ । हामीले हामीसँग सम्बन्धित इन्स्पेक्टरलाई कारबाही पनि गरिसकेका छौं । सशस्त्र प्रहरी नियमावली २०७२ ले हामीलाई दिएको अधिकार अनुसार उसको तीन वर्ष बढुवा रोक्का भएको छ । आचरण विपरीतको काम गरेको पाइएकाले हामीले हाम्रो नियमावलीमा रहेर कारबाही गरिसकेका छौं,’– प्रवक्ता खड्काले भने ।

 



प्रतिक्रिया दिनुहोस्