Logo

ए डिभिजन लिगमा खुमलटार विजयी



काठमाडौं, ९ जेठ। सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा एफसी खुमलटार क्लब विजयी भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा खुमलटारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। खुमलटारको जितमा मेसुके ओलुमोउ नायक बने।

उनले खेलको ३७ औँ मिनेटमा गरेको एक गोल नै खुमलटारका लागि निर्णायक गोल सावित भयो । खुमलटारले २० खेलमा २१ अङ्क जोडेको छ। त्यस्तै समान खेल खेलको सातदोबाटोको २९ अङ्क रहेको छ।



प्रतिक्रिया दिनुहोस्