लुम्बिनी प्रदेशको बजेट अधिवेशन आव्हान


काठमाडौं,१० जेठ । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आव्हान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले आगामी शुक्रबारको लागि बजेट अधिवेशन डाकेका हुन् ।

प्रदेश मन्त्रिपरिषदको निर्णय बमोजिम अधिवेशन आव्हान गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
बैठक शुक्रबार दिउँसो १ बजे प्रदेशसभा भवन दाङ देउखुरीमा बस्नेछ ।