Logo

काभा महिला भलिबल च्यालेञ्ज : नेपाल भारतसँग पराजित



काठमाडौं, १० जेठ । एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो। यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ।

आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो। त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो। नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो।

चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो।

file photo



प्रतिक्रिया दिनुहोस्