Logo

ओलीले बिगारेको भारतसँगको सम्बन्ध सुधारको लागि प्रधानमन्त्री प्रचण्डले मोदीसँग वार्ता गर्नुपर्छ : सेढाईं (भिडिओसहित)



काठमाडौं, ११ जेठ । राजनीतिक विश्लेषक हेमन्त सेढाँईले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनको लागि पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले भारतसँग केपी ओलीको पालामा बिग्रिएको सम्बन्ध प्रधानमन्त्री पुष्पकमल दाहालले सुधारको लागि पहल गर्नुपर्ने पनि सुझाव दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सम्बन्ध सुधारको लागि वार्तालाप गर्नुपर्ने बताए । उनले नेपालले उत्पादन गरेको बिजुलीको बजार भारत नै उपयुक्त भएको सुनाए ।

भारतले नेपालको बिजुली लिने वा बाटो सहजीकरण गरिदिनुपर्ने उनको सुझाव दिए । उनले भारतले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिनुपर्ने बताए । उनले नेपालको नीतिमा नै समस्या रहेको सुनाए । उनले भारतसँगको सिमाना नियमन र व्यवस्थापनमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस्