काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु र नेपालस्थित चिनियाँ दुतावासको टोलिबीच भेटवार्ता भएको छ ।
रास्वपाका नेताहरु भेट्न चिनियाँ टोली रास्वपाको पार्टी कार्यालय पुगेको थियो । भेटका क्रममा नेपाल चीन सम्बन्धको बारेमा छलफल भएका बताइएको छ ।
चिनियाँ टोलीसँगको भेटमा रास्वपाका नेताहरु डोलप्रसाद अर्याल, कबिन्द्र बुर्लाकोटी र प्रसिभा रावल सहभागी रहेका थिए ।




प्रतिक्रिया