काठमाडौं,११ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी गराएका छन् ।
उक्त दिन प्रदेशसभामा उपस्थित हुँदा अनिर्वाय रुपमा प्रदेशसभाले निर्धारण गरेको पोशाकमात्र लाएर आउन पनि सभामुख पाठकले सांसद्हरुले ध्यानाकर्षण गराएका छन् ।




प्रतिक्रिया