Logo

रास्वपालाई पैसा दिएको समचार झुटो भएको ढाकाको प्रष्टीकरण,कानूनी प्रक्रियामा जाने चेतावनी



काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समचार गलत भएको प्रष्टीकरण दिएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उनको जिकिर छ । उनले निरन्तर आफ्नो चरित्र हत्या भइरहे कानूनी प्रक्रियामा जाने चेतावनीसमेत दिएका छन् ।

‘आदरणीय दाजुभाइ, दिदीबहिनीहरूमा विशेषतः मिति २०८०र०२र१० गते केही अनलाइन मिडियाहरूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोलकल्पित तथा आधारहीन समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विषयमा म कुनै मिडियाहरूसँग नबोलेकोले र समाचार सम्प्रेषणको लागि अनुरोधसमेत नगरेको र मेरो नाम जोडी नैतिक समस्या पार्ने काम गरेकोमा दुःख व्यक्त गर्दछु। साथै निष्पक्ष र स्वतन्त्र पत्रकारितानको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्बन्धित मिडियाहरूको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यसरी झुटो समाचार अब थप मिडियाले सम्प्रेषण गरेका खण्डमा आफू स्वयं कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनीसमेत श्रेष्ठले दिएका छन्।

उनले भनेका छन्, ‘अन्तमा स्वीकृत आधारबिना नै अन्य कुनै मिडियाहरूले यस्ता भ्रामक तथ्यहीन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयं आफैँ कानुनी प्रक्रियामा जान बाध्य हुनेछु।’



प्रतिक्रिया दिनुहोस्