Logo

समीक्षा अधिकारीको स्वरमा ‘आफ्नो-आफ्नो दुख’बोलको फिमेल भर्सन सार्वजनिक



काठमाडौं,१२ जेठ । प्रसिद्ध लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माको सुपरहिट गीत आफ्नो-आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।  पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ निक्कै लोकप्रिय बनेको थियो ।

शुक्रबार उक्त गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यो गीतको फिमेल भर्सनमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने गीतको लय शब्द पशुपति शर्माको रहेको छ ।

फिमेल भर्सनको भिडियोमा पनि उनै समीक्षा रहेकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

अभिनेता पल शाहसँगको मुद्दा मामिलामा मुछिएपछि गीत संगितबाट गुमनामझै बनेकी अधिकारी विस्तारै सांङ्गितिक क्षेत्रमा फर्किन कोशिस गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्