
काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा परेको छ ।
काठमाडौं जिल्ला अदालतमा दायर ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधको मुद्दा २५ नम्बर इजलासमा न्यायाधीश न्यौपानेको इजलासमा परेको हो ।
बुधबार सरकारी वकिल कार्यालयले पूर्वमन्त्रीद्धय टोपबहादुर रायमाझी र बालकृष्ण खाँण तथा पुर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
पक्राउ परेका अभियुक्तको बयान आजबाट सुरू हुँदैछ ।