Logo

विष्णु रिमालको सुझाव : झुठ्ठा सूचनामा ब्रेक लगाउनुपर्छ



काठमाडौं, १२ जेठ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन पहिलो काम झुटा सूचनामा ब्रेक लगाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले अस्थिरता, इरिटेशन र निराशा शीर्षकमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुने र अस्थिरतामा मिसइन्फरमेशनको बजार हुने पनि औंल्याएका छन् ।

उनले लेखेका छन्-

अस्थिरता, इरिटेशन र निराशा!
जनमत खण्डित हुँदा राजनीतिक अस्थिरता हुन्छ । अस्थिरतामा मिसइन्फरमेशनको बजार हुन्छ । अस्थिरबाट लाभ लिन सक्छु भन्नेले डिस्इन्फरमेशन फैलाउन थाल्छ । त्यसबाट जनमत भ्रमित हुन्छ । यसले झन् अन्योल र निराशा फैलिन्छ । झन् धेरै समस्या, टकराव र विनाश तर्फ समाजलाई लैजान्छ। व्यक्तिका ‘सपना’ मर्न थाल्छ। समाजमा विना मियोको दाईँ सुरु हुन्छ ।
संविधान बन्नु अघिको दशकमा यस्तै भएको थियो । अहिले हामी फेरि त्यस्तै गोल–चक्करमा फस्दै छौं । समाजबाट निराशा र दिक्दारीको तुवाँलो हटाउन पहिलो काम झुठ्ठा सूचनामा ब्रेक लगाउनु पर्छ । अफवाहप्रति सचेत बन्नु पर्छ, बनाउनु पर्छ । सत्य स्थापित भए मात्र इरिटेशन रोक्न सकिन्छ, आशा जगाउन सकिन्छ । अनि मात्र सत्य स्थापित हुन्छ, हामीले चाहेको प्रतिस्पर्धात्मक व्यवस्थाले काम गर्न सक्छ। अनि मात्र जनप्रतिनिधिको सहि छनौट हुनसक्छ।


प्रतिक्रिया दिनुहोस्