Logo

पशुपतिनाथमा जलहरी विवाद-१० गतेको बैठकमा के भनेका थिए माओवादी सांसद् दाहालले ?



काठमाडौं,१२ जेठ । गत बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आजको प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

सांसद दाहालले गत बुधबारको बैठकमा ओली नेतृत्वको सरकारले सयौं भ्रष्टचार गरेको आरोप लगाउँदै पशुपतिनाथमा सुनको जलहरी लगाउने भनेर पित्तलको जलहरी लाएको गम्भिर आरोप लाएका थिए ।

उनले भनेका थिए सभामुख महोदय ‘ प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि गर्नुभएको टिप्पणी सुनियो त्यहाँ कुनै रचनात्मक सुझाव थिएन केबल कुण्ठा मात्रै थियो सभामुख महोदय गएका तीन वर्ष उहाँ यो देशको प्रधानमन्त्री हुनु भयो ,उहाँ सरकारमा जाँदा ७ खर्ब ऋण थियो । उहाँले छोड्ने बेला त्यो ऋण बढेर १७ अर्ब ऋण कसरी पुग्यो ? । उहाँ सरकारमा छँदा भ्रष्टचार नियन्त्रण गर्न हामी सक्दैनौ भन्नुभयो उहाँले । भ्रष्टचार नियन्त्रण गर्न सक्दैनौ भन्दैगर्दा यो देशमा कति भ्रष्टचारका घटना बाहिर आए यति,ओम्नि,वाईडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्ब रकम हिनामिना त्यतिमात्रै होइन पशुपतिनाथको जलहरी लाउँदा पनि सुनको ठाउँमा पित्तलको लगाएर भ्रष्टचार गरेको घटना बाहिर आएका छन् ।
आफु पदमा रहँदा यस्ता काण्डको बारेमा छानविन गर्न नसक्ने अहिले सरकारको आलोचना गर्ने’?। दाहालले भनेका थिए ।

दाहालको उक्त अभिव्यक्तिलाई लिएर एमालेले आजको बैठक अवरोध गरेको हो ।



प्रतिक्रिया दिनुहोस्