अध्यक्ष नेपाल ‘एभरेस्ट डे’ मनाउन अस्ट्रेलिया हानिए, पार्टीको जिम्मेवारी हमाललाई सुम्पिए


काठमाडौं, १२ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ‘एभरेस्ट डे’ मनाउन अस्ट्रेलियातर्फ लागेका छन्।

नेपाल आज(शुक्रबार) पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले आयोजना गर्ने ‘एभरेस्ट डे’ मनाउन अस्ट्रेलियातर्फ लागेका हुन्।

मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको भन्दै ‘एभरेस्ट डे’ कार्यक्रमको आयोजना गरेको हो।

उनी पार्टी उपाध्यक्ष प्रमेश हमाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर गएका हुन्।