Logo

कांग्रेस ऐतिहासिक रूपमा बडो निराशाको अवस्थामा छ : अजयबाबु शिवाकोटी (भिडिओसहित)



काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका युवा नेता अजयबावु शिवाकोटीले नेपाली कांग्रेस तिनैवटा तहको सरकारमा रहेको भन्दै अहिलेनै पार्टीलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था नभएको स्पष्ट पारेका छन् । हिजो (बिहीबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शिवाकोटीले बरु अहिले कांग्रेस ऐतिहासिक रुपमा बडो निराशाको अवस्थामा रहेको सुनाए ।

उनले भने,‘कांग्रेस अहिले हेर्दै गर्दा स्थानिय तहमा कांग्रेस, प्रदेशमा कांग्रेस, केन्द्र सरकार नेतृत्वमा कांग्रेस, यसो हे¥यो भने ठोक्किँदाखेरी ठोक्किनी मान्छेपनि मन्त्रीसँगै ठोक्किएला की मुख्यमन्त्रीसँग ठोक्किएला भन्ने छ । तर, कांग्रेस ऐतिहासिक रुपमा बडो निरासाको अवस्थामा छ आमनागरिकको तप्कासँग कांग्रेसको जुन कनेक्शन छ, त्यो कनेक्शन कहीँ न कहीँ टुटेको जस्तो लाग्छ । त्यसैले यो बेलामा नेतृत्वले एउटा भरोसा दिनुपर्नेथियो, नेतृत्वले एउटा आड दिनुपर्नेथियो, त्यो नेतृत्वले जसरी पार्टी तहलाई जसरी एउटा चाँही चलायमान गर्न सक्नुपर्दथ्यो, चलायमान मात्र होइन एउटा भरोसा दिलाउन सक्नुपर्दथ्यो । भविष्यप्रतिको चाहीँ आस जगाउन सक्नुपर्दथ्यो, त्यसमा कम्प्लेन नेतृत्वको छ की छैन ? त्यसरी हेर्दै गर्दा समयक्रममा तपाईको व्यङ्ग्य पनि बढ्दै गएको देखिन्छ तर,त्यसले समयक्रममा आउने त्यो खाली परिवर्तन मात्र हो जुन हामीले अपेक्षा गरेका थियौँ ।’

नेता शिवाकोटीले आम जनतालाई सर्भिस डेलिभरी गर्ने कुरामा नेपालका पार्टी नेतृत्वहरु चुकेको गुनासो पोखे । उनले थपे,‘नेपाली कांग्रेस सँगसँगै नेपाली कांग्रेससँगै जोडिएर अरु राजनीतिक दलहरु जो प्रजातन्त्र पुर्नस्थापनाका लागि लडेका थिए, ती राजनीतिक दलहरु पनि चुके । किनभने हिजोको दिनमा पञ्चायतको नेतृत्वमा रहेका उनीहरुलाई हेरेर नेपाली कांग्रेस तथा अरु राजनीतिक दल जो सत्ता ३०–३१ वर्ष हेरियो उनीहरुपनि त्यस्तै पञ्चायतको त्यो नेतृत्वको शैलीमा अगाडी बढिसकेपछि त्यो चाहीँ परिवर्तन धेरै अपेक्षा गर्न सक्दै सकिन्नथ्यो । जुन कुरा अहिले वास्तवमा ३० वर्ष सम्मको ३०–३२ वर्ष प्रजातन्त्रको त्यो अवस्थामा हामी पञ्चायतको सरकार पञ्चायतको उसलाई जसरी हामी उसको बारेमा विरोध गरिरहेका थियौं, त्यही अवस्थामा आमनागरिकले विरोध गर्ने अवस्थामा पुगे । यसमा यो अहिलेको जुन नेतृत्व छ यो नेतृत्व यसको सबैभन्दा बढि दोषी र भागिदार छ ।’ उनले पार्टी सभापति शेरबहादुर देउवा सफल सभापति भएको भए यस्तो निराशको अवस्था पैदा नहुने थियो भन्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्