Logo

‘द केरला स्टोरी’बाट चम्किएकी अदा शर्मा



काठमाण्डौं, १२ जेठ । भारतिय निर्देशक सुदीप्तो सेनको ‘द केरला स्टोरी’ सत्य घटनामा आधारित कहानी हो । यो मुभिमा मुख्य नायिका अदा शर्मा रहेकी छिन् । यही फिल्मका कारण अदाको व्यक्तित्व चुलिएको चर्चा छ । गत मे ५ मा प्रदर्शनमा आएको उक्त चलचित्र प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको थियो । जसको मुख्य कारण थियो यसको कहानी ।

हिन्दु धर्म मान्ने महिलाहरुले धर्म परिवर्तन गरीसकेपछि उनीहरुले भोग्नुपरेको दुःखद् कहानीलाई समेटेर बनाइएको छ । मुभि रिलिज हुनासाथै कहानीको कारणले गर्दा विवाद भएको थियो । यो मुभिबारे विवाद भारतमा चुनावी बेलामा भएको थियो । चुनावी सभामा समेत यो फिल्मलाई लिएर टिकाटिप्पणी हुने गरेका थिए । कतिसम्म भने यो फिल्म पश्चिम बंगालमा त प्रतिबन्धमा पर्यो । तर, उत्तर प्रदेश, मध्यप्रदेश र हरियाणामा भने कर निःशुल्क गरिएको थियो ।

यो फिल्मको चर्चासँगै नायिका अदा शर्मा पनि चर्चाको शिखरमा आईन् । यो चलचित्रको मुख्य कहानी नै तीन महिला पात्रहरुको केन्द्रमा घुमेको छ । जसमा मुख्य भूमिका उनै अदा शर्माले निभाएकी छिन् । हुन त अदाले विगत लामो समयदेखि अभिनय गर्दै आएको बताईएको छ । यसअघि उनको चर्चा यति धेरै हुने गरेको थिएन । तर, यस चलचित्रको कारण उनी लोकप्रियताको शिखरमा पुगेको चर्चा छ ।

३१ वर्षीया अदा मुम्बईमा हुर्किएकी हुन् । उनी तमिल–ब्रम्हाण परिवारबाट आएकी हुन् । कक्षा १२ को पढाई पूरा गरेपछि उनले अभिनयको क्लास गरेकी हुन् । बीबीसी हिन्दीबाट साभार 



प्रतिक्रिया दिनुहोस्