काठमाडौं, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रले २०६४ को निर्वाचनमा मान्छे कुटेर र मारेर १२० सीट ल्याएको आरोप लगाएका छन्।
शुक्रबार पार्टी कार्यालय च्यासलमा जनप्रतिनिधहरूलाई प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माओवादी केन्द्रले २०६४ को निर्वाचनमा मान्छे कुटेर र मारेर २४० सीट मध्ये १२० सीट ल्याएको बताएका हुन्।
उनले भने, ‘माओवादीको २०६४ को निर्वाचनमा २४० मध्ये १२० सीट आयो। त्यसबेला माओवादीले मान्छे कुट्नु र मार्नुबाहेक केही गरेको थिएन। हामीले शान्ति प्रक्रियामा हामीले ल्यायौं। हामीलाई दिनुपर्ने मत माओवादीलाई दिए कहिलेकहिँ यस्तो हुन्छ। आतंक र त्रसित मनस्थितीले काम गर्छ।’
उनले माओवादीले १२० सीट ल्याउँदा एमाले ३३ सीटमा झरेको नभएको बताएका छन्।




प्रतिक्रिया