Logo

द्वन्द्वलाई चर्काएर फाइदा लिन चाहने तत्वहरू सल्बलाउने गरेका छन् : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, १२ जेठ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्धन्द्धलाई पुन: चर्काएर फाइदा लिन चाहने तत्वहरू सल्बलाउने गरेको दाबी गरेका छन्।

शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगको २३औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले द्धन्द्धलाई पुन: चर्काएर फाइदा लिन चाहने तत्वहरू सल्बलाउने गरेको दाबी गरेका हुन्।

उनले भने, ‘बाँकी रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुर्याउन राजनीतिक तहमा समझदारी भएको छ। तर, शान्ति प्रक्रिया र यसमार्फत् प्राप्त उपलब्धि उल्ट्याउन चाहने कतिपय शक्ति र व्यक्ति अहिले पनि संक्रमणकालीन न्यायलाई अवरुद्ध गर्ने कोशिस गरिरहेका छन्। यो विषय टुङ्गोमा नपुग्दै पुनः द्वन्द्वलाई चर्काएर फाइदा लिन चाहने तत्वहरू बेलाबेलामा सल्बलाउने गरेका छन्।’



प्रतिक्रिया दिनुहोस्