Logo

ओलीमाथि आरोप लागेपछि महेश बस्नेतको चेतावनी: ‘लुटेरा अपराधीलाई एमाले के हो भन्ने छिट्टै चिनाउँछौं’



काठमाडौं, १२ जेठ । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले माओवादी केन्द्रका सांसद् लेखनाथ(राजन) दाहाललाई एमालेका नेताहरूलाई अपहरण गरी पैसा लुट्ने अपराधी भएको भन्दै एमाले के हो भनेर छिट्टै चिनाउने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसद् दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको गजुर निर्माण गर्दा सुनको नभई पित्तलको बनाएको आरोप लगाएका थिए। उक्त विषयमा आज एमालेले प्रतिनिधिसभा बैठकसमेत अवरोध गरेको थियो।

सोही कुराको छानविन गर्न, संसद्‍को रेकर्डबाट हटाउन तथा आधारहिन आरोप लगाउने सांसदले संसद्‍मा माफि माग्नुपर्ने भन्दै एमालेले बैठक अवरोध गरेको थियो।

सोही प्रसंगमा नेता बस्नेतले सांसद् दाहाललाई अपराधिक चरित्र बोकेको व्यक्तिले एमाले अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको भन्दै एमाले के हो भनेर चिनाइदिने चेतावनी दिए। सांसद दाहाललाई विगतको पापको सजाय पाउने चेतावनी दिँदै नेता बस्नेतले सत्ता पक्षले प्रतिपक्षलाई आरोप लगाउने नभई छानविन गर्नुपर्ने उल्लेख गरे।

बस्नेतले सामाजिक सञ्जालमा भनेका छन्, ‘सत्ता पक्षले छानबिन गर्ने हो। अनावश्यक आरोप र आक्षेप लगाउदैँ हिड्ने हैन। भ्रष्टाचार भएमा कारबाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाउन पाइन्न। एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र स्व नेता पशुपति चौलागाईँहरूलाई तामाकोसी नदीमा खसाल्ने प्रयास गर्ने। सिन्धुली रातामाटेमा भएको एमालेको क्षेत्रीय अधिवेशन आक्रमण गरी, एमाले नेता केशव देवकोटाको अपहरण गरी ३ लाखभन्दा बढी रकम लुट्ने राजन दाहाल भन्ने अपराधिक चरित्र बोकेको ब्यक्तिबाट सदनमा एमाले अध्यक्ष माथि आक्रमण गरिएको छ झुटो आरोप लगाइएको छ। याद गर तिम्रो हरेक पापको सजाय पाउनेछौँ। एमाले के हो भन्ने चिन्ने अवसर पनि छिट्टै पाउनेछौँ।’



प्रतिक्रिया दिनुहोस्