Logo

कजाकस्तानसँग नेपाल पराजित



काठमाडौं, १२ जेठ । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको अन्तर्गत नेपाल कजाकस्तानसँग पराजित भएको छ।

यसअघिको दुई संस्करणको च्याम्पियन तथा घरेलु टोली नेपाल फाइनलमा पुग्न असफल भएको छ।

काजकस्तानसँग नेपाल २–३ को सेटमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको हो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको दुई सेट जित्दै खेललाई आफ्नो पकडमा राखेको थियो।

तर, चौथो सेट गुमाएपछि खेल पाँचौं तथा निर्णायक सेटमा पराजित भयो।

file photo



प्रतिक्रिया दिनुहोस्