काठमाडौं, १३ जेठ । आजपाका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले मुलुकमा केही दलको सिण्डिकेट चलेको टिप्पणी गरेका छन् । आज पार्टीको शुभेच्छुक संगठन आइटी आर्मीको बैठकलाई सम्बोधन गर्दै न्यौपानेले यस्तो बताएका हुन् । उनले अहिलेको राजनीतिक चरित्र नै देश र जनताको हितमा नभएको र सत्ता सञ्चालनको बागडोर सम्हालेकाहरु जनताप्रति उत्तदायी नभएको आरोप लगाए ।
सो क्रममा उनले पार्टीको मूल नीतिअनुसार आइटी आर्मीले आफ्नो भूमिकामा खरो उत्रिने विश्वास दिलाए । उनले वैदेशिक रोजगारीमा भैरहेको ठगी नियन्त्रण गर्न अध्यक्ष प्रभु साहले दिएको जिम्मेवारीलाई आईटी आर्मीले सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।
जनताबाट निर्वाचित सांसदहरु पनि स्वतन्त्र हुन नसकेको र दलको सिण्डिकेटको शिकार हुनुपरेको भन्दै अब त्यस्तो परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । उनले अब आम जनता नै सार्वभौम हुने भएकोले जनताबाट निर्वाचित सांसदहरु दलको नियन्त्रणमा रहन नहुने सुझाव दिए । उक्त बै७कले वैदेशिक रोजगार पीडित संघर्ष समितिसमेत गठन गरेको छ ।





प्रतिक्रिया