Logo

कोसी प्रदेशसभा भवन घेराउ गर्न खोज्ने २३ प्रदर्शनकारी पक्राउ, प्रदेशसभा प्रहरीको सुरक्षा घेरामा



काठमाडौं,१४ जेठ । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्ने उदेश्यसहित प्रदेशसभा भवन घेर्न खेज्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

कोशी प्रदेश सभाको बैठकमा सहभागी हुन जाने प्रदेश सभा सदस्यहरूलाई अवरोध पुर्‍याएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष सहितका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको हो ।

२ बजे सुरु हुने कोशी प्रदेशसभाको बैठकका लागि सुरक्षा अवस्था कडा पारिएको छ ।

प्रदेशसभा आसपास निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले प्रदेश सभालाई सुरक्षा घेरामा राखेको छ ।

२ बजे बैठक शुरु हुने भएपनि बिहानैबाट प्रदेस सभा सदस्य आउन थालेका छन ।

प्रदेशको नामकरणका बिषयमा असहमती जनाउदै आन्दोलन गरिरहेका पहिचानवादीको अबरोध छल्दै सांसद्हरु प्रदेश सभामा प्रबेश गरिरहेका छन । file photo 



प्रतिक्रिया दिनुहोस्