Logo

आईपीएलको उपाधिका लागि आज धोनीको चेन्नाइ र पाण्ड्याको गुजरात भिड्ने



काठमाडौं,१४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्स भिड्दैछन् ।

डेब्यु प्रतियोगीतामै उपाधि जितेर अब्बल टिम सावित भएको गुजरात लगातार दोस्रो पटक उपाधि आफ्नो पोल्टामा पार्ने लक्ष्यमा रहेको छ, भने चेन्नाई पाँचौ पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ ।

यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं पटक फाइनलमा स्थान बनाएको हो । तेन्नाइसँग हारे पनि अर्को मौकामा मुम्बइ इन्डियन्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरातले चेन्नाइसँग फाइनल भेट पक्का गरेको हो ।

चेन्नाइ ४१ वर्षीय कप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा खेल्दैछ भने हार्दिक पाण्ड्याको कप्तानीमा गुजरातले खेल्दैछ ।



प्रतिक्रिया दिनुहोस्