Logo

सङ्घीय संसद्को संयुक्त बैठक जारी {LIVE}



काठमाडौं, १४ जेठ। सङ्घीय संसद्को संयुक्त बैठक सुरु भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सुरु भएको हो । आजको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने कार्यसूची रहेको छ ।

त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ ।

आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री डा प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्