Logo

के तपाईलाई काँक्रा मन पर्छ ? यस्तो छ काँक्रा खानुका फाइदा र उपयुक्त समय



काठमाडौं,१४ जेठ । यतिबेलाको मौसम चर्को गर्मीको हो । चर्को गर्मीको मौसममा धेरै व्यक्तिलाई चिसो फलफुल खान असाध्यै मन पर्छ त्यसमाथि पनि चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ ।

धेरैजसोले सलादकै रुपमा प्रयोग गर्ने काँक्राले शरीरलाई स्वस्थ राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका फाइदा यति धेरै छन कि यसका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ ।

काँक्रामा भिटामिन सी,पोटासियम,फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम,फस्फोरस,फलाम,सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ ।

यस्ता छन् काँक्रा खानुका फाइदाहरु

-काँक्रामा भएको पोषक तत्वले रगत जम्न दिँदैन हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलनमा राख्ने कामसमेत गर्दछ ।

– काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ ।
– काँक्राले मानिसको तौल र पेटको बोसो घटाउन मद्धत गर्दछ ।

-काँक्राको सेवनले मानिसको शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।

-काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ ।

-काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ ।

काँक्रा खाने उपुक्त समय कुन हो ?

बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । तर पनि रातमा भन्दा दिनमा उपभोग गर्दा पनि अझ लाभदायक मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्