Logo

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह तयारी



 काठमाडौँ, १४ जेठ । शिक्षामा कार्यरत संस्थाअन्तर्गत शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले यही जेठ १५ गतेदेखि १९ गतेसम्म शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह नेपालमा पनि मनाउने तयारी गरेको छ ।
‘डिकोलोजाइसेन एजुकेशन फाइनान्सिङ नाउ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको यो कार्यसप्ताह नेपालसहित विश्वभरका एक सय ५० भन्दाबढी देशमा मनाउन लागिएको हो । एनसिइ नेपालका अध्यक्ष राजेन्द्र पहाडीले नागरिक क्षेत्रबाट उठाइका शिक्षा क्षेत्रका विभिन्न माग सम्बोधन गराउन कार्यसप्ताहका माध्यमबाट हस्ताक्षर सङ्कलनसहित सरकारलाई ज्ञापनपत्र दिइने बताए ।
उनले शिक्षामा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्न, सङ्घीय शिक्षा ऐन छिटो जारी गर्न, शिक्षाका लागि गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्दै समतामूलक समाज निर्माण गर्न र भौतिक पूर्वाधार सुधारी प्राविधिक शिक्षामा जोड दिन माग गरे । रासस



प्रतिक्रिया दिनुहोस्