Logo

काभा महिला भलिबल-उज्वेकिस्तानलाई हराउदै नेपाल तेस्रो



काठमाडौं,१४ जेठ । उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल गर्‍यो ।

दोस्रो सेटमा उज्वेकिस्तानलाई २५-१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशस् २५-१५ र २५-१३ को जित निकाल्यो ।

आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

file photo 



प्रतिक्रिया दिनुहोस्