आरोही बुढामगरलाई सम्मान गर्दै ओलीले भने,‘दुवै खुट्टा नभएर पनि सगरमाथा चढ्नु सबैका लागि प्रेरणादायी’


काठमाडौं, १४ जेठ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही हरि बुढामगरलाई सम्मान गरेका छन् । आज (आईतबार) एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओली लगायत एमाले नेताहरुले आरोही बुढामगरलाई सम्मान गरेका हुन् ।

दुवै खुट्टा नभएका बुढामगरले सगरमाथा आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । उनी गत जेठ पाँच गते दिउँसो सगरमाथाको सफल आरोहण गर्न सफल भएका थिए ।

उनलाई सम्मान गर्दै एमाले अध्यक्ष ओलीले दुवै खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्नु सबैका लागि प्रेरणादायी भएको बताए । ओलीले सगरमाथा आरोही बुढामगरको साहश र हिम्मतको उच्च प्रशंसा गरेका छन् । Photo By: Mukunda Kalikote/ Reporters Nepal