देशभर ३१ हजार सहकारी सञ्चालनमा आउँदा ९३ हजारलाई रोजगारी


काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार देशभरी कूल ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेको देखिएको छ ।

आइतबार सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारको मातहतमा ३१ हजार ३ सय ७३ सहकारी संस्था रहेका उल्लेख गरेको छ।

सहकारीका कूल ७३ लाख ८१ हजार २१८ सदस्य रहेको छन्।

सहकारी संस्थाको पुँजी ९४ अर्ब १५ करोड, ४ खर्ब ७८ अर्ब बचत र ४ अर्ब ३६ अर्ब कर्जा प्रवाह रहेको छ। सहकारी संस्थाहरुमा ९३ हजार ७७१ जना प्रत्यक्ष रोजगारी छन्।

साथै, सहकारी तथा गरिबी सुचना व्यवस्थापन प्रणालीमा १० हजार ८४१ सहकारी आवद्ध छन्।