Logo

यी हुन् सबैभन्दा धेरै नाफा कमाउने ५ सार्वजनिक संस्थानहरु



काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९- ८० अनुसार सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थान नेपाल विद्युत प्राधिकरण बन्न सफल भएको छ ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल टेलिकमलाई पन्छाउँदै प्राधिकरण सबैभन्दा धेरै नाफा आर्जन गर्ने सार्वजनिक संस्थानको शीर्ष स्थानमा उक्लिएको हो ।

उक्त अवधिमा प्राधिकरणले १३ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । यसपछि, दोस्रो स्थानमा रहेको नेपाल टेलिकमले ८ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको तथ्यांक मन्त्रालयले दिएको छ ।

त्यस्तै सबैभन्दा धेरै नाफा आर्जन गर्ने संस्थानको तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने चौथों स्थानमा नागरिक लगानी कोष रहेको छ । भने निक्षेप तथा कर्जा सुरक्षण कोषले पाँचौ स्थान सुरक्षित गर्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्