Logo

शरीर स्वस्थ राख्ने पाँच उपायहरु



हामी अकस्मात बिरामी पर्यौं भने मात्र अस्पताल सम्झिन्छौं । तर, त्यो भन्दा पहिले हामीले आफ्नो स्वास्थ्यको कुनै ख्याल गरिरहेका हुँदैनौ । पुरै दिन जति हामी मोवाइलमा समय बिताउछौं, त्यति समय स्वास्थ्यमा बिताएको भए कति स्वस्थ हुन्थ्यौं भन्ने कुरा थाहा हुन्थ्यो । त्यसैले आज हामी तपाईहरुलाई बताउँछौ यी पाँच तरिकाहरु–जुन प्रयोग गर्दा जीवन स्वस्थ हुन्छ ।

१. दैनिक रुपमा पानि पिउने :

हाम्रो प्रायः जसो पानी पिउने बानी कमै हुन्छ । हामी पानिलाई प्यास लागेको बेलामा मात्र पिउने गर्दछौं । हाम्रो शरिरमा पानीको मात्रा कम भएकै कारण हामी अनेकौं बिरामी हुने गर्दछौ । त्यसैले दैनिक पानी पिउनाले हाम्रो शरीरमा पानीको कमी हुदैन र अनेकौं रोग निम्त्याउन नदिनुको साथै मुहारमा चमक ल्याउनमा पनि मद्दत गर्दछ ।

२. हिँड्ने बानीको विकास :

हामी हिँड्न अल्छी गरेर हामीले आफ्नो शरिरमा रोग आफैं उत्पन्न गर्छौं । हामी दैनिक लगभग ८ हजार स्टेप हिँड्यौ भने हाम्रो शरीर स्वस्थ रहन्छ र हाम्रो शरिरमा रहेका बिकारहरु पनि हराउँदै जान्छ ।

३. स्वस्थ खानाको प्रयोग :

हामीले खाएको खाना पेटमा रहने भएकोले सबैभन्दा पहिले पेट स्वस्थ रहन जरुरी हुन्छ । पेटलाई स्वस्थ राख्न हामीले जङ्कफूडहरु नखाने । खानालाई राम्रोसँग चपाएर खानाले पाचन प्रणालीले राम्रोसँग काम गर्छ र हाम्रो शरिर स्वस्थ रहनमा मद्दत पुग्दछ ।

४. सुत्नेबेला देब्रे फर्किएर सुत्ने :

सुत्नेबेला हामी अलग–अलग तरिकाले सुत्ने गर्दछौ । हाम्रो शरिरको देब्रे पट्टी ग्याँष्ट्रिकको रस जमेर बसेको हुन्छ । त्यसैले हामी देब्रे फर्केर सुत्यौं भने हामीले खाएका खानेकुरा राम्रोसँग डाइजेस्ट हुन्छ र रोग लाग्नबाट बचाउँछ ।

५. स्वस्थ वातावरणको निर्माण :

हाम्रो नजिकै बस्ने कयौं मान्छेहरु जङ्कफुड खाने बानी भएका हुन्छन् । हामी त्यसको देखासिकी गरिरहेका हुन्छौ । र, अनेकौं रोगहरु पैदा गरेका हुन्छौं । त्यसैले हामीले स्वस्थ वातावरण बनाई कसरत गर्ने, स्वस्थ खानाको प्रयोग गर्ने र घरमै बसी योगा गर्ने बानीको विकास गर्नुपर्दछ ।

File Photo



प्रतिक्रिया दिनुहोस्