Logo

सन् २०२२ मा नेपालको मुद्रास्फीती दर ६.३ प्रतिशत



काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपालको मुद्रास्फीति दर ६.३ प्रतिशत रहेको देखिएको छ ।

संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको सर्वेक्षण अनुसार २०२२ मा दक्षिण एसियाली राष्ट्रहरुमा सबैभन्दा धेरै मुद्रास्फीति श्रीलंकाको देखिएको छ, भने सबैभन्दा कम चीनको देखिएको छ ।

जसमा श्रीलंकाको मुद्रास्फीति ४६.४ प्रतिशत रहँदा चीनको मात्रै १.९ प्रतिशत स्फीति दर देखिएको छ । भने २०२२ मा छिमेकी राष्ट्र भारतको मुद्रास्फीति दर ६.७ प्रतिशत रहेको छ ।
सन २०२३ मा नेपालको मुद्रास्फीति दर ७.८ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्