Logo

आर्थिक सर्वेक्षण २०७९-८०,कृषिमा आवद्ध जनसंख्यामा उल्लेख्य मात्रामा गिरावट



काठमाडौं,१४ जेठ । नेपालमा कृषि क्षेत्रमा आवद्ध हुनेको संख्यामा भारी मात्रामा गिरावट आएको छ ।

आर्थिक सर्वेक्षण २०७९-८० अनुसार कृषिमा आवद्ध मानिसको संख्या घट्दै गएको हो ।

सर्वेक्षण अनुसार कृषिमा आवद्ध रहेको जनसंख्या ५०.४ प्रतिशतमा झरेको छ ।
श्रम सर्वेक्षण २०१८ मा यो संख्या ६०.४ प्रतिशत रहेको थियो ।

कृषि क्षेत्रमाआवद्ध हुने मानिसको संख्या घट्दै जाँदा कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदानसमेत घट्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७०-७१ मा ३०.३ प्रतिशत योगदान रहेको कृषि क्षेत्रको आर्थिक वर्ष २०७९-८० मा २४.१ प्रतिशत हुने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्