Logo

आर्थिक सर्वेक्षण अनुसार सार्क राष्ट्रमा वन क्षेत्रको अवस्था कस्तो छ ?



काठमाडौं,१४ जेठ । आर्थिक सर्वेक्षण २०७९-८० अनुसार नेपालको कूल भू-भागको झण्डै आधा भू-भाग वन क्षेत्रले ओगटेको देखिएको छ ।

अर्थमन्त्री डा.प्रकाशसरण महतले संघीय संसद्मा सार्वजनिक गरेको सर्वेक्षण रिर्पोट अनुसार सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै वन सम्पदा भएको देश भुटान रहेको छ भने सबैभन्दा कम वन पाकिस्तानमा रहेको छ ।

भुटानको कूल भू-भागको ७२.४९ प्रतिशत वन क्षेत्रले ओगटेको छ । भने पाकिस्तानको जम्मा १.८५ प्रतिशत क्षेत्र वन क्षेत्रले ओगटेको छ ।

आर्थिक सर्वेक्षण अनुसार नेपालको कूल भू-भागको ४१.६ प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेको छ ।

त्यस्तै भारतको कुल भू-भागमा २१.५४ प्रतिशत वन क्षेत्रले ओगटेको छ भने श्रीलंकामा ३३ प्रतिशत भाग वन क्षेत्र रहेको छ ।
हाम्रो छिमेकी राष्ट चीनमा २२ प्रतिशत भू-भाग ओगटेको देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्