Logo

यी हुन् सन् २०२२ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आउने पाँच राष्ट्रहरु



काठमाडौं,१४ जेठ । सन् २०२२ मा नेपाल आउने विदेशी पर्यटकको संख्यामा भारतीय नागरिकको दबदवा कायमै रहेको देखिएको छ ।

संघीय संसद्मा अर्थमन्त्री डा.प्रकाशसरण महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९-८० अनुसार सन् २०२२ मा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक भारतयि रहेका छन् ।

सन् २०२२ भारतबाट मात्रै नेपाल आउने कूल पर्यटक संख्याको ३४.१ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै सबैभन्दा धेरै पर्यटन नेपाल आउनेको सूचीमा अमेरिका दोस्रो स्थानमा रहेको छ । अमेरिकाबाट १२.५ प्रतिशत पर्यटक नेपाल आउँदा तेस्रो स्थानमा रहेको बेलायतबाट ७.३ प्रतिशत पर्यटक नेपाल आएका छन् ।

त्यस्तै अष्ट्रेलियाका ४.४ प्रतिशत र बङ्गलादेशबाट ४.१ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य विभिन्न देशका ३७.६ प्रतिशत पर्यटक नेपाल भित्रिएको देखिएको छ ।

यस अवधिमा नेपाल आएका पर्यटकमध्ये भारत,अमेरिका,बेलायत,अष्ट्रेलिया र बङ्गलादेशबाट आएका पर्यटक ६२.४ प्रतिशत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्