Logo

टोपबहादुर बुढासहित १९ जनाले पाए आम माफी



काठमाडौं, १४ जेठ । सरकारले गणतन्त्र दिवसको अवसरमा १९ जना कैदी बन्दीलाई आम माफी दिएको छ । साथै, अन्य चार सय ८२ कैदी बन्दीहरुको सजाय मिनाह गरिएको छ । आम माफी पाउनेमा टोबहादुर बुढा, रेशमलाल चौधरीसहित १९ जना रहेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा चौधरीलाई गणतन्त्र दिवस २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।‘

चौधरी २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । उनलाई तीनै तहको अदालतले जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो । File Photo/ Reporters Nepal 

 

 



प्रतिक्रिया दिनुहोस्